१२ मंसिर २०८३, शुक्रबार

चीन सरकार नेपालको सम्पुर्ण कुरामा सहमत , काङ्ग्रेस सरकारको ठुलो उपलब्धि

बिकास खडका

२७ श्रावण २०७९, शुक्रबार ११:०० मा प्रकाशित<

बिकास खडका  =  नेपाली काङ्ग्रेसको सरकार सत्तामा आए देखि र काङ्ग्रेसकातर्फ बाट परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो रणनीति र जिम्मेवारीका कामले सम्पुर्ण नेपालीको मानसम्मान बढेको छ । हालै तीनदिने चीन भ्रमण फलदायी भएको बताउदै परराष्ट्रमन्त्री खडकाले अहिले चीन सरकारले नेपालको सम्पूर्ण कुराहरु मानेको छ । नेपालको तर्फ बाट जारी गरिएको प्रेस सुचनामा चिनले सबै सहमतिमा सकारात्मक भएको जानकारी दिएका हुन । भ्रमण सकेर फर्कने क्रममा उनले अहिलेको अवस्था बिगतको सरकारले गरेको विभिन्न सम्झौता जुन नेपालको हितमा छ त्यो संचालन गराउने कुरामा चीनलाई मन्त्री खडकाले सहमत गराएका छ्न । परराष्ट्रमन्त्री मन्त्री खडकाले गरेको कार्य प्रती नेपाली काङ्ग्रेसमा आस्था राख्नेहरुले ठुलो उपलब्धि भएको दवी गरेका हुन । बिगत अनेकौं परियोजनाको मूल्याकंन बिना र ऋणका रूपमा नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपि ओलि बिआरआई जस्ता प्रोजेक्ट , पोखरा बिमानको ब्याज , लुम्बिनीको अन्तर्राष्ट्रिय विमान स्थलले देशलाई घाटा गराउने सुनिश्चित छ । तर मन्त्री खडकाले चीनलाई ऋण भन्दा नेपाललाई अनुदानको आवश्यकता चाहियो भनेर सम्झौता गरेका छ्न । मन्त्री खडकाको उक्त प्रस्तावमा चीनले सहमति जनाएको छ । फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्ने क्रममा परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
उनले चीन भ्रमणका क्रममा बुधबार समकक्षी चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गरेका थिए । उक्त वार्तामा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने लगायत सहमति गरेको थियो । अब नेपाललेचिन बाट ऋण हैन अनुदान नै लिने हो ।
‘एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतालाई लिएर चीनले विश्वास गरेको छ‚’ मन्त्री खड्काले भने‚ ‘चीनले नेपाललाई विकास निर्माणलगायतका आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।’ अहिलेको काङ्ग्रेसको सरकारको यो ठुलो उपलब्धिको लिएको छ । पुर्ब प्रधानमन्त्री केपि ओलि चीन लिन सक्ने धेरै उपाय थियो तर उनले नेपाललाई डुबाउने खालका सम्झौता मात्र गरेको हुन । प्रेस नोटमा यो कुरा थाहा हुन्छ कि नेपालले प्रस्तुत गरेको सम्पूर्ण कुरा चीनले मानेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x