चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा प्रयोग गर्दै आरोप
२७ गते असोज २०७८ । बेइजिङ ः देशको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले महिलाको शरीर प्रयोग गरेको आरोप लगाइएको छ। सरकारले महिलाको शरीरलाई मेसिनको रुपमा लिएको भन्दै चिनियाँ महिला र अन्य महिला अधिकारकर्मीले सो आरोप लगाएका हुन्।
चिनियाँ महिलाले सामाजिक सञ्जाल एप ‘वेइवो’ मार्फत सरकारले महिला शरीरलाई मेसिनको रुपमा प्रयोग गरेको आक्रोश व्यक्त गरेका छन्। ‘यहाँ बच्चा जन्माउने आमाभन्दा बढी सरकारको हक र कानुनको भूमिका बढी छ। सरकारले चाहदा बच्चा जन्माउ नचाहँदा आफूले चाहेर पनि नजन्माउ ! सरकारले हामी चिनियाँ महिलाको शरीरलाई मेसिनजस्तै प्रयोग गरेको छ’, एक चिनियाँ महिलाले लेखेकी छन्।
‘चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले देशको जनसंख्या घटाउने योजना बनाउँदा पनि महिलालाई जबरजस्ती गर्भपतन गराउन लगाइयो र अहिले जनसंख्याको उच्चदर घटाउन पनि सरकारले महिलाको शरीर नै प्रयोग गरेको छ’, लेखक फ्यावियन बौसर्टले टाइम्स अफ इजरायलसँग भनेकी छन्।
सन् १९७९ देखि देशको जनगणना सुरु गरेको चीनले सोही बेलादेखि देशमा एक सन्तानको नीति लागू गरेको थियो। सो नीति पालना गर्न चिनियाँ महिलाले नचाहँदानचाहदै गर्भपतन गर्नुपर्ने बाध्यता थियो।
सन् २०१५ मा चीनले पुनः दुई सन्तानको नीति अघि सारेको थियो। सो नीति असफल बनेपछि केही समयअघि चीनले पुनः सो नीति पुनरावलोकन गरी लागू गर्ने निर्णय गरेको थियो।
गर्भपतनमार्फत चीन सरकारले करिब ४० करोड जन्म नियन्त्रण गरेको टाइम्स अफ इजरायलमा उल्लेख छ।


