१७ जेष्ठ २०८१, बिहीबार

चैत शुक्लपक्ष चैत्र रामनवमीको अवसरमा नेपालगन्जमा र्‍याली

एसीपी संवाददाता

६ बैशाख २०८१, बिहीबार १०:४० मा प्रकाशित

रिसब सिंह वाडिया नेपालगन्ज –  चैत शुक्लपक्ष नवमीको अवसरमा नेपालगन्जमा र्‍याली निकालिएको छ । बैशाख ५ गते बुधवारका दिन नेपालगंजमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको प्राकट्य दिवस , रामनवमीको पावन अवसरमा नेपाल शिव सेना बाँकेद्वारा नागरर्‍याली  र शोभा यात्रा निकलिको छ ।
बागेश्वरी मन्दिर पार्क बाटा शुरू भएको र्‍याली त्रिभुवनचौक , चारबाहिनी  , गणेशमान चौक , बीपीचौक , धम्भोजी , सैतूबिका चौक , न्यूरोड हुँदै बागेश्वरी मन्दिरमा सम्पन्न भएको थियोे ।
र्‍यालीमा  हिन्दु धर्मावलम्बी र नेपालगंजका सघ संस्थाहरु को उपस्थिति रहेको थियो ।
नेपाल शिव सेना बाँकेका केन्द्रिय अध्यक्ष किशोर लामा , उपाध्यक्ष शेर बहादुर शाही  , महासचिव मंगल जीएम , केन्द्रिय सदस्य राजेश कुमार यादव। साथै बिपि र त्रिभुवन चोक आउनेजाने बाटो र्‍याली जान नदिएकोले
प्रशासन विरुद्ध नारावाजी गर्दै उनीहरुले यो रुटलाई पाकिस्तान घोषणाको माग गरेका थिए ।
यस अघि पनि उक्त रुटमा प्रशासनले रोक लगाएको थियो । २२ जनवरी अर्थात भारतको उत्तरप्रदेश स्थित अयोध्याको श्री राम मन्दिरको प्राणप्रतिस्ठानको अवसरमा निकालिएको भब्य र्‍यालीलाई पनि उक्त रुटमा प्रवेशमा रोक लगाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x