छठ पर्वले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावना बलियो बनाउँछ : वडा सभापति बर्मा
दिनेश ठाकुर नेपालगन्ज, कात्तिक २९ गते — नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा सभापति तथा समाजसेवी मंगल प्रसाद बर्मा (सानु) ले छठ पर्व–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
लोक आस्था, निष्ठा, पवित्रता र आत्मअनुशासनको प्रतीकका रूपमा मनाइने छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभापति बर्माले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको हो।
उहाँले अस्ताउँदो र उदाउँदो सूर्यदेवको आराधना गरी मनाइने छठ पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा, उमङ्ग र सकारात्मक सोचको सञ्चार गरोस् भन्ने कामना गर्नुभएको छ। साथै, छठी माताको कृपाले प्रत्येक नेपालीको घर–आँगनमा सुख, शान्ति र समृद्धिको उज्यालो छाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
सभापति बर्माले भन्नुभएको छ, “छठ हाम्रो आस्था, विश्वास, संस्कृति र परम्परासँग जोडिएको महान् पर्व हो। यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी प्रेम, सद्भाव, एकता, सहिष्णुता र भ्रातृत्वको भावना अझ प्रगाढ बनाउनुका साथै सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।”
‘हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै उहाँले सबै जातजाति, भाषाभाषी तथा धर्मावलम्बीबीच आपसी सम्मान, सद्भाव र सहकार्य कायम राख्न यस्ता पर्वले महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ।
अन्त्यमा, छठी माताको आशीर्वादले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, खुसी र प्रगतिको नयाँ ढोका खुलोस् भन्दै सभापति बर्माले नेपालगन्ज, बाँकेसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा पुनः छठ पर्व–२०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।


