१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टीको मानवअधिकार विभागमा राई चयन

एसीपी संवाददाता

२७ आश्विन २०७८, बुधबार ०४:४५ मा प्रकाशित

२७ गते असोज २०७८ । जनमत पार्टी बाँकेको मानवअधिकार विभागमा अल्ताफ राई नियुक्त भएका छन ।

बुधबार जनमत पार्टीको विशेष भातृ संगठन मानवअधिकार विभागको बाँकेको अध्यक्ष÷संयोजकमा जनमत पार्टीका युवा नेता अल्ताफ हुशेन राईलाई नियुक्त गरिएको राष्ट्रिय मानवअधिकार विभाग तथा जनमत पार्टी केन्द्रीय सदस्य इरफान अहमद शेषले नील खबरलाई बताए ।

उनले भने, ‘साथै अझै यस विभागको संरचनालाई सम्पूर्ण स्थानीय निकायमा छिट्टै नै बिस्तार गरिनेछ । जनमत पार्टीको भातृ संगठन मानव अधिकार विभागको जिम्मेवारी लिन चाहने विभिन्न जिल्लाका नेतागण, इच्छुक ब्यक्तिले सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो यस महत्त्वपूर्ण विभागको बिस्तार छिट्टै पुरै मधेसमा गरिने उद्देश्य रहेको छ ।’

उक्त विभागको बिस्तार गरि मधेस भईरहेको हत्या, हिंसा, बलत्कार, मानवअधिकार उलंघनका कार्य विरुद्ध ससक्तरूपमा आवाज उठाने र मधेस मानवअधिकारको रक्षाको पालना गराउने रहेको शेषले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x