१२ मंसिर २०८३, शुक्रबार

जमूनाह सीमा नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क सुरु

एसीपी संवाददाता

६ श्रावण २०७८, बुधबार ०१:१९ मा प्रकाशित

नेपालगंज – नेपालगंजको जमूनाह सीमा नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क सुरु गरिएको छ ।

मंगलबार हेल्थडेस्कको औपचारिक सुभारम्भ गरिएको हो । कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको मेयर डा. धवलशमशेर राणाले बताउनुभयो ।

देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगंजमा पहिलो हो । नयाँ भवनबाट सेवा सुरु गरिएको हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिने भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।

५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण गरी डेस्क स्थापना गरिएको उपमेयर उमा थापामगरले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x