जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका विषयक छलफल
काठमाडौं – जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई मान्यता दिँदै अमेरिकी दूतावासले आज दूतावासमा “जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू” नामक छलफल कार्यक्रमको आयोजना गरेको छ ।
यस कार्यक्रमले आदिवासीहरूको नेतृत्वमा अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्न आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका महिला नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने प्रयास हो आयोजक बताएको हो ।
जलवायु परिवर्तनले जोखिममा रहेका समुदायहरूलाई झनै कसरी असर गर्छ र यसले गर्दा बसाइँसराइ र रित्ता गाँउ-शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा सो छलफल केन्द्रित थियो। उहाँहरूले यी परिवर्तनहरूलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल गर्नु भयो।
यस्ता महत्त्वपूर्ण र समयसापेक्ष छलफलहरूलाई समर्थन गर्न नेपाली महिला नेतृत्वमा रहेका आदिवासी संस्थाहरूसँग साझेदारी गर्न पाउँदा अमेरिका गर्व गर्ने गरेको जनाएको छ।



