२ श्रावण २०८३, शनिबार

जसपाको अभियानमा असन्तुष्टिको असर : भीड जुटाउन अध्यक्ष यादव सक्रिय, असन्तुष्टलाई पदको आश्वासन !

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ०८:३२ मा प्रकाशित

बिहान साढे ११ बजे कार्यक्रमको उद्घाटन हुने बताइए पनि असन्तुष्टहरुलाई फकाउन समय लाग्ने भएकाले डेढ बजेपछि सारिएको छ । अध्यक्ष यादव स्वयं असन्तुष्टहरुसित निरन्तर सम्पर्क गरिरहेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार जनकपुरधामको भन्दा पर्सा जिल्लाको वीरगञ्जमा आइतबार आयोजना हुने अभियानमा असन्तुष्टिको व्यापक असर देखिनेछ । जसपा नेपालले संगठन सुदृढीकरणका लागि ४ महिने अभियानको घोषणा बागमती प्रदेशबाट गरेको छ । तर सर्वाधिक जनाधार रहेको मधेश प्रदेशमा जसपा नेपाल निकै कमजोर हुन थालेको बताइन्छ । केन्द्रीय सदस्य उर्मिला साह पार्टी परित्याग गरी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरिसकेकी छन् ।

महाजन यादवले सामाजिक सञ्जालमा पदाधिकारी र कार्यकारिणी समितिको चयनप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ‘अध्यक्ष यादवले मनपरी ढंगले निर्णय लिएका छन्’ उनले भने, पार्टी नै उनको निजी सम्पत्ति जस्तो भएको छ ।

कोषाध्यक्षमा मनोनित हुने पूर्ण विश्वासमा रहेका बलराम महतो पनि असन्तुष्ट भएका थिए । उनले आफू दुर्घटनामा परेको बताउँदै पार्टीको गतिविधिमा सहभागी नहुने बताउन थालेका थिए । तर उनलाई अध्यक्ष यादवले आर्थिक समितिको संयोजक बनाउने आश्वासन दिएपछि सन्तुष्ट भएको देखिन्छ । ‘म आर्थिक समितिको संयोजक बन्ने भएको छु’ उनले भने, ‘मैले चाहे अनुसारको पद पाउन लागेकोले पूर्ण सन्तुष्ट छु ।’ स्रोतका अनुसार असन्तुष्ट रहेका महोत्तरी जिल्लाका नेता हरिनारायण यादव मोबाइल सम्पर्क बन्द गरेका छन् । तर उनलाई अध्यक्ष यादवले शनिबार बिहान जनकपुरधाममा भेट्न बोलाएका छन् ।

पार्टीको विधान विपरीत रामकुमार शर्मालाई महासचिव र नवप्रवेशी सुरिता साहलाई कोषाध्यक्ष नियुक्त गरेसँगै महोत्तरीमा चरम असन्तुष्टि देखिएको छ । शर्मा र साह दुवैको मनोनयन पार्टीको विधान विपरीत रहेको छ । सर्लाही जिल्लामा पनि व्यापक असन्तुष्टि रहेको छ । युवा नेताहरुले नेतृत्वप्रति तीव्र असन्तुष्टि देखाएका छन् ।

शनिबार हुने अभियानको उद्घाटनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको सहभागिता रहने बताइएको छ । पार्टीमा देखिएको असन्तुष्टिको बढी प्रभाव वीरगञ्जमा हुने आइतबारको कार्यक्रममा पर्ने निश्चित छ । रौतहट, बारा र पर्सा जिल्लाका नेताहरुको सहसभागिता रहने भनिएपनि अधिकांश नेताहरु सहभागी नहुने संकेत दिइसकेका छन् ।

सप्तरीबाट पराजित भएका अध्यक्ष उपेन्द्र यादवलाई बारा जिल्लाबाट निर्वाचित गराइए पनि पदाधिकारी र कार्यकारिणी समितिमा बारालाई स्थान दिएको छैन । रौतहटको अवस्था पनि उस्तै छ । पर्सा जिल्लामा संगठन निकै कमजोर भइसकेको बताइन्छ । पर्सा जिल्लामा खानेपानीमन्त्री समेत रहेका प्रदीप यादवको बलियो पकड छ ।

सप्तरीमा रेणु यादवले पनि पुरै संगठनलाई जसपामा विलय गराइसकेकी छन् । असन्तुष्टहरुलाई जसपामा पद दिन नेताहरु सक्रिय रुपमा लागेका छन् । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x