जसपामा बिवाद शुरु उपेन्द्र समूहले महतोलाई नेता न मान्ने
जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता राजेन्द्र महत्तोलाई संसदीय दलका नेता स्वीकार नगर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले बिधि बिधान विपरित एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेका अध्यक्ष यादवले जानकारी दिनुभयो । संसदीय दलको बिधान नभएको र पार्टीले निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादवले बताउनुभयो । उहाले पार्टीको बिधान उलंघन गर्ने नेताहरुलाई कारवाही गरिने जानकारी दिनुभयो । बैठकले असवैधानिक तवरले संसद बिघटन गरिएको भन्दै यसको बिरोध गरेको छ । त्यस्तै संसद बिघटनको बिरुद्धमा बिपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाले सरकारको कदमबिरुद्ध परिवर्तनकारी शक्तिसंगको सहकार्यलाई अघि बढाउने उहाले बताउनुभयो ।
उहाले शनिबार बसेको बैठक नै आधिकारीक बैठक भएको बताउनुभयो ।


