१२ मंसिर २०८३, शुक्रबार

जसपा कब्जा गरेका उपेन्द्र लाई ठेगान लगाउन मधेसको जिम्मा सोनललाई

एसीपी संवाददाता

१२ आश्विन २०७८, मंगलवार ०३:१० मा प्रकाशित

१२ गते असोज २०७८ मंगलबार – जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चुनेको छ ।

प्रदेश २ मा पार्टीलाई बलियो बनाउन र जसपा कब्जा गरेका उपेन्द्र यादवलाई ठेगान लगाउन लोसपाले मधेसको जिम्मा प्रभावशाली नेता सोनललाई दिएको हो ।

सोनल सर्वसम्मत रुपमा दलको नेता चुनिएका हुन् । अब उनले प्रतिपक्षको हैसियतमा जसपाका मोहम्मद लालबाबु राउत गद्दीले नेतृत्व गरेको सरकारलाई पनि जवाफदेही बनाउनेछन् । गद्दीलाई दायाँबायाँ गर्न, भ्रष्टाचार अनियमितता गर्नबाट सोनलको नेतृत्वमा लोसपाले खबरदारी गर्नेछन् । गद्दीको सरकार चरम भ्रष्टाचार र अनियमितता मुछिएको, प्रदेश २ का लागि खासै केही गर्न
नसकेको भनेर गुनासो आउने गरेको छ ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै प्रदेश २ संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x