१२ मंसिर २०८३, शुक्रबार

जसपा नेपालमा यादवको हैकमकाबिरुद्ध जसपा निर्माण – राई

एसीपी संवाददाता

२ जेष्ठ २०८१, बुधबार १४:५२ मा प्रकाशित

काठमाडौं –  जसपा नेपालमा यादवको हैकमकाबिरुद्ध जसपा निर्माण भएको हो : महासचिव मोहम्म इस्तियाक राई
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले जिकिर गरे ।
पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको बताए । ‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दाश सम्झिने, हैकमवाद लाद्ने उपेन्द्र जीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बारिने अवस्था आएको हो,’ महासचिव राईले भने ।
उनले उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेस, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि विर्सदै गएको बताए । ‘मधेस लगायत विभिन्न आन्दोलनको मुद्धालाई विर्सेर आफूमात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेस, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्न परेको हो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x