१२ मंसिर २०८३, शुक्रबार

जसपा सरकारमा सहभागी उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले गरे शुक्रबार पदभार ग्रहण

एसीपी संवाददाता

२१ जेष्ठ २०७८, शुक्रबार १६:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्। उनीहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । यसैबीच नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवास सितल निवासमा उपप्रधान तथा सहरी विकास मन्त्री पद तथा गोपनियताको सपथ लिएका महतोले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि महत्तोले सरकारमा रहेर मधेशका समस्यालाई सम्बोधन गर्ने प्रयास गर्ने बताउनुभयो ।

महत्तो नेतृत्वमा नै जसपा ओली सरकारमा सहभागी भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x