१२ मंसिर २०८३, शुक्रबार

जापानका प्रधानमन्त्रीलाई देउवाको शुभकामना

एसीपी संवाददाता

१९ आश्विन २०७८, मंगलवार १०:५९ मा प्रकाशित

१९ गते असोज २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदालाई शुभकामना तथा बधाइ दिएका छन् ।

ट्विटरमा किशिदालाई मेन्सन गर्दै देउवाले बधाई दिएका हुन् । देउवाले नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन तत्पर रहेको पनि जनाएका छन् ।

किशिदा जापानको १००औँ प्रधानमन्त्री बनेका हुन् । उनले सोमबार औपचारिक रूपमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएकै दिन किशिदाले आम निर्वाचनको तयारी थालेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x