१२ मंसिर २०८३, शुक्रबार

जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ

एसीपी संवाददाता

२२ असार २०७८, मंगलवार ११:३७ मा प्रकाशित

काठमाडौं । उत्तरी छिमेकी चिनियाँ नागरिकले नेपालमा बेला बेला नयाँ नयाँ अपराध गर्दै आएका छन् । पर्यटकको आवरणमा, व्यापारीको आवरणमा नेपाललाई तस्करीको ट्रान्जिट बनाउन खोजेका छन् । पक्राउ पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका -३ बालुवाटर बस्‍दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका -१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका-१७ ठैटी बस्‍दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महानगरपालिका १७ ठैटी बस्‍दै आएका २८ वर्षीय पेङ्ग हुइ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुर्लभ वन्यजन्तुको छाला ,कस्तुरीको बिना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दात र फलामको धारिलो खुकुरी ,तरबार लगाएत बरामद गरेको एसपी बस्‍नेतले बताए ।

पक्राउ परेका उनीहरुमाथि लैनचौर प्रहरी वृतले थप अनुसन्धान गरिरहेको एसपी बस्‍नेतले बताए ।
यसैको सिलसिला फेरि दोहोरिएको छ । एटिएम ह्याकिङ, सुन तस्करीपछि अब जुवाताल र वन्यजन्तु तस्करीमा पनि चिनियाँ संलग्नता देखिएको छ ।

काठमाडौं प्रहरीले ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

एसएसपी अशोक सिंहको कमाण्डमा नेपाल प्रहरीले काठमाडौं महानगरपालिका १७ स्थित ज्याठा गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित समातेको हो ।

चिनियाँ नागरिकले आफ्नै होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवा खेलाउँदै आएका थिए । माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल प्रहरीले बरामद गरेको छ । त्यसैगरी दुर्लभ बन्यजन्तुको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी पनि बरामद गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x