जेनजी आन्दोलन पछीको काङ्ग्रेस
ओम आचार्य
जेनजी आन्दोलन पछी नेपालको राजनीतिमा कल्पनानै नगरिएको राजनीतिकदलहरुमा राजनीतिक परिवर्तन आएको छ ! माओवादी दलसहित धेरै दलहरु एकै ठाउमा आइपुगेका छन भने मधेसबादी दलहरु पनि एक भएका छन ! जु जुन दलहरु खण्डित र टुक्रिएका थिए ति पनि आपसमा मिलेका छन !
काग्रेस र एमाले पनि पुर्व गरिएको गठवन्धन जस्तै निरन्तर लाने मात्र हैन रास्ट्रिय सभाको चुनाव देखि प्रतिनिधी सभाको चुनाव सम्म संगै जाने मोडालिटी समेत तयार गरेका छन ! काग्रेस भित्र एमालेसंग पुर्व गठवन्धन गर्दा समेत असहमति र विरोध थियो नै अहिले पनि काग्रेस भित्र यो रणनीतिको विरुध्द र विपक्षमा छन तैपनि यो गठवन्धनको रणनीति अगाडी वडिरहेको छ !
आखिर किन यस्तो
जोनजी आन्दोलन पछी राजनीतिक दलहरु माथि जेनी हरुको डर र त्रास नै हो त ? या राजनीतिक दलहरु प्रति अन्य स्वतन्त्र दलहरु र जेनजी आन्दोलन पछी उदाएका धेरै दलहरु संगठित र एक हुदै गएको अवस्थाले हो? या दलका शिर्ष नेताहरुको काठमान्डौ वाहिर जाने स्थगनले हो या जान नसक्ने वर्तमान अवस्था हो ? अहिले सामाजिक सन्जालमा आन्दोलन अघिका देशका प्रमुख दल प्रति अत्यन्त नकरात्मक र डर पैदा गर्ने विचार र भनाईहरु आइरहनुले हो ?
अहिले काग्रेस भन्दा पनि तुलनात्मक रुपमा एमाले र माओवादी जेन जी संग वडी झस्केका र त्रसेका छन ! यही कारणले माओवादी दलले अन्यदल संग मर्च गर्दै आफ्नो दल र चुनाव चिन्ह समेत छोडेका छन !अहिले माओवादी दललाइ आफ्नोदलको नाम र झन्डानै व्यंग हुदै गएको छ ! एमाले पनि देशकै ठुलो लोकतान्त्रिक दल काग्रेसको ओला पकडेर संग संगै हिडन गठवन्धन गर्र्दै काग्रेसलाई फकाउन सफल भएको छ!
संसद विघटन पुर्व को अवस्थामा रहेका प्रमुख दलको उपस्थिति संसदमा जे थियो त्यो वर्चस्व त्यो दवदवाव यथावत राख्ने यथावत गर्ने चाहाना नै अहिले प्रमुख दलको चाहाना लिप्सा रहेको ले नै अहिले भइरहेको राजनीतिक दलको गठवन्धन र माओवादी दलसहितका पाटी एक भएका हुन!
काग्रेस एमाले र माओवादी दल संग जनता टाढिएकै हुन त?
अहिले देखिएको जस्तो दृस्य यि राजनीतिकदलमा छैन ! हो यि प्रमुख दलका केही नेताहरु प्रति जनता निराश भने अवस्य छन ! यिनिहरुको दलका केही नेताहरुको अनुहार र नाम समेत लिन रुचाउदैनन मात्र हैन घिसार्न समेत अग्रसर सम्म हुन सक्छन ,यि दलप्रति खराव र नकरात्मकता भने छैन ! अझै केही आशा र भरोस राखेका छन !जेन जी आन्दोलनले उठाएका विचार भावनलाइ आत्मासात गर्दै यि दल अगाडि बडुन आफु र आफ्नो दललाइ परिवर्तित गर्न सकुन भन्ने जन चाहाना नै हो !यसो गर्न सके आउने प्रतिनिधी सभाको निर्वाचनमा यिनिहरुकै बाहुल्यता हुन्छ र त्यतिखेर जेन जी आन्दोललै उब्जाएको विचार र भावना अनुसार कार्ययोजना ल्याएर जेनजीले पनि यि दलको निर्णयलाइ अपनत्व लिन सकुन! अहिले पनि देशमा यि दलहरुकै बाहुल्यता र जन वल पनि छ तर यसो भन्दै गर्दा यि दलले आफ्नो अहंकार र दल प्रति तानाशाही र हुकुमी शाशन चै त्याग्नै पर्छ !
काग्रेसको अधिवेशन र एमाले
काग्रेसको अधिवेशन र काग्रेस भन्नु पर्नेमा किन एमाले भनियो ! एमालेको काग्रेसको अधिवेशनमा किन रुची ! यो दृस्यमा त छैन तर काग्रेस र एमालेको गठवन्धनले यस्तो देखिएको छ ! यदि काग्रेस को नियमित अधिवेशन फागुन २१ अघिने निर्धारित मीतिमा हुन सकेको भए त्यो अधिवेशनले अर्कै सभापति आउने र त्यो सभापति एमालेको लागी अनुकुल हुन नसक्ने जति शेर बाहादुर अनुकुल छन !
काग्रेसको अधिवेशन पछी हुने सभापतीबाट एमालेको चाहाना अनुसार काग्रेस र एमाले को कुनै पनि हालतमा गठवन्धन हुन सक्दैनथ्यो ! र निर्वाचनमा आउने तथ्याकले मात्र हैन निवाचित भएर आउने सांसदको पुर्व अनुमानित झलकले पनि एमाले झस्किएको थियो ! यही दृस्यलाइ अदृस्यमा बदल्न एमालेले देउवा फेरी सभापतिको वचनबध्दता दिएर फागुन २१ को निर्वाचन पछी काग्रेसको अधिवेशन गर्ने सल्लाह र सुझाव बमोजीम देउवाले यो रणनीति अख्तियार गरेको हुनु पर्छ !
नियमित अधिवेशन की विशेश अधिवेशन
काग्रेस भित्र नियमित अधिवेशन र विशेश अधिवेशको चर्चा चलिरहेको छ! निर्धारित मितिमा नियमित अधिवेशन हुन नसके पछी द्वय माहामन्त्रीले माहामन्त्रीको हैसियतले नियमीत अधिवेशन स्थगन गर्दै विशेश अधिवेसनको मीति तोकी सके भने अधिवेशन गर्ने स्थल पनि बुक गरि सकेका छन ! काग्रेसले आफ्नो केन्द्रिय समीतिको बैठकबाट नियमीत अधिवेशनको कार्यतालिका सहित पुन अधिवेसनको मिति समेत तय गरि निर्णय गरिसकेको छ ! काग्रेस भित्र विशेष अधिवेशनले तनाव र फुट सम्म ल्याउछ भन्ने विचार कार्यकर्तामा आइ रहेको अवस्था काग्रेसले केन्द्रिय समीतिको बहुमतवाट नियमीत अधिवेशनको कार्यतालिका समेत ल्याएर केही हद सम्म काग्रेस अब मिलेर नै जान्छन फुट आउदैन भन्नेमा छन ! द्वय माहमन्त्रीले आव्हान गरेको विशेश अधिवेसन पुर्व नै यि दुइ महामन्त्री विच सहमती भएर नियमित अधिवेशनामा एक भएर जाने अनुमान गर्न सकिन्छ ! काग्रेसको इतिहास नै यस्तै छ !
डा. शेखर कोइरालाले विशेश अधिवेशन को कहिल्यै विरोध गरेनन उन्ले विशेश अधिवेशनको अपनत्व केन्द्रले लियोस केन्द्रिय समीतिबाट कार्यतालिका सहित विशेश अधिवेशन होस भन्ने चाहाना हो ! र अहिले विशेष अधिवेसनको चर्चा चलिरहदा पनि डा. शेखर कोइराला काग्रेस फुट्दैन भन्छन भने द्वय माहमन्त्री पनि काग्रेस फुट्दैन फुटन दिदैनौं भन्दै छन ! यता पाटी सभापती पनि पाटी नफुटोस भनेर चिन्तित छन !
अव नियमित अधिवेशन र विशेश अधिवेस चाहाना गर्ने विच सहमती हुदै नियमीतित अधिवेशनमा काग्रेस एक हुने अवस्था सृर्जना हुन्छ !


