१२ मंसिर २०८३, शुक्रबार

डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज छिट्टै बजारमा आउने

एसीपी संवाददाता

२४ भाद्र २०७८, बिहीबार ०७:२९ मा प्रकाशित

भदौ २४ गते बिहिबार । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तक काठमाडौं डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज छिट्टै बजारमा आउने भएको छ ।

२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम केलाएका छन् ।

रेको पुस्तकको बारेमा भारतका पूर्व विदेश सचिव श्याम शरणले भनेका छन, ‘पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धलाई एकदमै गहन र सावधानीपूर्वक अनुसन्धान गरिएको छ ।’

त्यसैगरी भारत–नेपाल सम्बन्धका विज्ञ एसडी मुनिले पुस्तकमा दुईपक्षीय सम्बन्धलाई भारतीय दृष्टिकोणबाट सावधानीपूर्वक, मिहीन र गहन रुपले चित्रण गरेको टिप्पणी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x