मुस्लिमहरु द्वारा ढुङ्गा मुढा प्रहार गरे पछि स्थानीय र भारतीय प्रहरीबिच झडप
विराटनगरको सीमावर्ती जोगबनी क्षेत्रमा भारतीय प्रहरी र स्थानीयबिच झडप भएको छ । जोगबनीको मटेरवा नाकामा शुक्रबार साँझ भारतीय प्रहरी र स्थानीयबिच झडप भएको हो ।
मुस्लिम समुदायको महोरम पर्वको अवसरमा स्थानीयलाई भारतीय प्रहरीले भारत प्रवेशमा रोक लगाएपछि झडप भएको स्थानीयले बताएका छन् ।
मोहरम बनाउन स्थानीय मुस्लिम समुदायलाई भारतीय प्रहरीले सीमापारी जान नदिएपछि उनिहरुले ढुंगा मुढा प्रहार गरेका थिए । ढुंगा मुढा प्रहार गर्न थालेपछि स्थानीय र भारतीय प्रहरीबिच झडप भएको हो ।
मुस्लिम समुदायको मोहरम पर्वको शुक्रबार अन्तिम दिन थियो । नेपालमा मोहरम पर्व मुस्लिम समुदायले मनाएपनि भारतमा रोक लगाइएको थियो । सोही कारण उनीहरुलाई भारतीय प्रहरीले भारत तर्फ प्रवेश गर्न नदिएको हो ।
इस्लाम धर्मावलम्बीहरुले मोहर्रम पर्व हर्षोल्लासपूर्वक मनाउँछन् । मुस्लिम समुदायले इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका घरेलु सशस्त्र हतियार सहित प्रदर्शन गर्दै मोहरम पर्व मनाउने गरेका छन् ।


