१२ मंसिर २०८३, शुक्रबार

ताईवानको हवाई सिमामा पटक – पटक चिनले किन गर्छ नियम उल्लंघन

एसीपी संवाददाता

१८ आश्विन २०७८, सोमबार ०२:५१ मा प्रकाशित

१८ गते असोज २०७८ सोमबार । ताइपेईः ताईवान् माथी आफ्नो नियत स्पष्ट पार्न लागेको चीनको मानशिकता खुलेर आई रहेको छ । आरोप लगाएको छ । दुई दिनको अन्तरालतमा ७७ वटा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको ताइवानले शुक्रबार र शनिबार गरी दुई दिनमा चीनले सो संख्यामा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको दाबी ताइवानले गरेको हो । चिनले ताईवान् सुरक्षामा खलल पुर्‍याउने उद्देश्यले पटक पटक सिमा पार गर्ने गरेको छ ।

ताइवानको मिनिस्ट्री अफ नेसनल डिफेन्सका अनुसार शनिबार रातिसम्म ३९ वटा चिनियाँ सैन्य विमानले ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । त्यसअघि शुक्रबार रातिसम्म चीनले ३८ वटा सैन्य विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको थियो ।

गतवर्षको तुलनामा चीनले यसवर्ष आफ्नो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै ताइवानले आपत्ति समेत जनाउँदै आएको छ । यता चीनले आफ्नो ७२ औं राष्ट्रिय गणतन्त्र स्थापनाको अवसरमा शुक्रबार सैन्य अभ्यासका लागि ३८ लडाकु विमान ताइवान क्षेत्रमा पु¥याएको बताएको थियो । जसलाई चीनले नयाँ रेकर्ड कायम गरेको बताएको थियो ।

लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा पठाएकोबारे चीनले पछिल्लो समय कुनै प्रतिक्रिया नजनाएको सीएनएनमा समाचार छ । करिब ७ दशक अघिको गृह युद्धपछि चीनबाट स्वतन्त्र बनेको ताइवानले चीनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाउँदै आएको छ । उता ताईवान्ले चिनको दादागिरी बढदै गएकोले यश समयमा सचेत हुन चीनलाई सुझाव दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x