तालिवानको कब्जा पछि अफगानिस्तानको अवस्था दिनप्रतिदिन खस्किँदै
५ गते मंसिर २०७८ – काबुल । अफगानिस्तानको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ। तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि भारत, पाकिस्तान र बंगलादेशमा रहेका कट्टरपन्थी इस्लामहरुले भने विरोध गरिरहेका छन्।
जेसीमा एक लेख प्रकाशित गर्दै राजनीतिक विश्लेषक रचेल अब्राहमले तालिबानले शक्ति र सत्ता प्राप्त गरेसँगै अवस्था थप कमजोर बन्दै गएको र भयको वातावरण सिर्जना भएको बताएका छन्। पछिल्लो केही सातायता बंगलादेशमा हिन्दुमाथि निकै बर्बरतापूर्ण आक्रमण गरे।
हिन्दु पूजा मण्डपमा कुरान राखेर कुरानको अपमान गरेको भन्दै हिन्दु मन्दिरहरुमाथि आक्रमण गरेका छन्। जसमा बौद्ध धर्मका मासिनहरुमाथि पनि आक्रमण गरेका छन्। ईश्वर निन्दाको गलत आरोप लगाउँदै ३१ भन्दा बढी जिल्लाहरुमा हिन्दु देवीदेवताका मूर्तिहरु तोडफोड गरेका छन्।
हिन्दुका घरहरुमा आक्रमण गरिएको छ र लुटपाट मच्चाइएको छ। त्यसैगरी धेरै हिन्दु महिलाहरु सामूहिक बलात्कारको सिकार बनेकी छन्।
अफगानिस्तानमा विकसित घटनाक्रमहरुसँग बंगलादेश जहिले पनि सम्बन्धित रहन्छ र त्यसको असर बंगलादेशमा पर्ने गरेको छ। अफगानिस्तानको उदयको असर बंगलादेशमा परेको र बंगलादेशमा पनि कट्टरपन्थीहरुले समस्या सिर्जना गरेका छन्।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानमा कट्टरपन्थी इस्लाम र प्रहरीबीच राजधानी इस्लामावादमा झडप भएको थियो। सरकारले ३५० प्रतिबन्धित इस्लामिस्टहरुलाई रिहा गरेपछि उक्त दंगा भएको हो। यही समयमा पाकिस्तानी क्रिकेटरहरुले पनि कट्टरपन्थी इस्लाहरुको प्रशंसा गरेका थिए।
ग्यालप पोलमा अनुसार पाकिस्तानमा पनि तालिबानजस्तै कट्टरपन्थी इस्लामको शासन होस् भन्ने चाहेका सर्वेक्षणको रिपोर्टले देखाएको छ। यसरी काबुलमा तालिबानको उदयले दक्षिण एसियाली राष्ट्रहरुमा निकै नकारात्मक असर गरेको छ।


