१२ मंसिर २०८३, शुक्रबार
त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।
अन्य ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट आएको टोलीले उद्धार गरेको छ । उपचारका लागि उनीहरुलाई गजुरी अस्पताल लगिएको छ ।
लु २ ख २१२१ नम्बरको बस धाधिङको गजुरी गाउँपालिका– ५ मा पृथ्वी लोकमार्गबाट त्रिशुली नदिमा आज बिहान ५ बजे बस अनियन्त्रित भइ त्रिशुुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । ईमेजखबर
Subscribe
Login
0 Comments


