१२ मंसिर २०८३, शुक्रबार

दक्षिणपश्चिमी पाकिस्तानमा बम बिस्फोट ४ सैनिकको मृत्यु

एसीपी संवाददाता

३१ जेष्ठ २०७८, सोमबार ०४:१४ मा प्रकाशित

इस्लामावाद । संदिग्ध आतंककारीहरूले एक पाकिस्तानी सुरक्षा चौकीमा आक्रमण गरेको एक घण्टापछि सोमबार सैनिक बोकेका गाडीलाई निशाना बनाए । जसमा कम्तिमा चार जना सैनिक र चार विद्रोहीको मृत्यु भएको सेनाले जनाएको छ ।

दक्षिणपश्चिमी पाकिस्तानमा पहिलो घटना भएको थियो । जब क्वेटा शहरको एउटा सुरक्षा चौकीमा आतंककारीहरूको समूहले आक्रमण गरे । जसमा चार सैनिक मारिए र ६ जना घाइते भए । सेनाले गरेको जवाफी कारबाहीमा चार विद्रोही मारिएका छन् भने आठ जना घाइते भएका छन् ।

दोस्रो हमलामा बलूचिस्तान प्रान्तको तुर्बात जिल्लामा आतंककारीहरूले सडकको बम विष्फोट गराएका छन् । उक्त आक्रमणको जिम्मेवारी भने कसैले लिएका छैनन् ।

बलुचिस्तानमा अलगाववादी समूहहरूले इस्लामाबादमा केन्द्र सरकारबाट स्वतन्त्र हुन जोड दिन लामो समयदेखि विद्रोह गरिरहेका छन् । पाकिस्तानी तालिबान र इस्लामिक स्टेट कट्टरपन्थी समूहको पनि त्यहाँ उपस्थिति रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x