दलित सघर्ष समितिको आयोजनामा विजयादशमीको शुभकामना आदानप्रदान
२७ गते असोज २०७८ । बाँकेको नरैनापुर गाउँपालिकामा दलित शंघर्ष समिति नरैनापुरको आयोजनामा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
दलित संघर्ष समिति नरैनापुरका अध्यक्ष मोल्हे आर्य धोबीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष शाहले विजयादशमी धुमधामले मनाउन भन्दै गाउँपालिकाबासीलाई शुभकामना ब्यक्त गरेका छन् ।
विजयादशमी नेपालीहरुको ठूलो पर्व भएकाले सबैले सब्य र भब्यरुपमा विजयादशमी मनाउन सबैलाई आग्रह गरेको कार्यक्रमका अध्यक्ष धोबीले बताए । साथै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाभित्र जातीय भेदभाव कुनै पनि हालतमा सह्य नहुने बताए । साथै अध्यक्ष शाहले आफ्नो हक अधिकारका लागि एकजुट भएर दलित समुदायलाई अगाडि बढ्न आग्रह गरे ।
सय जना बढी उपस्थित शुभकामना आदानप्रदान कार्यक्रममा नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह लगायत सहभागी सबैले विजयादशमीको शुभकामना आदानप्रदान गरेको कार्यक्रमको सन्चालन रामबालक पासवानले गरेका थिए ।


