दिउसो सम्म ४५ प्रतिशत मतदान ,रौनियार प्यालन बलियो

बब्लु खाँन नेपालगंज माघ ११ / नेपालगंज उद्योग ब्यापार संघको चुनावमा आज मतदान भइरहेको छ । स्थानिय नेपालगंजको भेरी प्राबिधिक शिक्षलयमा मतदान भईरहेको हो । आज दिउसो सम्म ४५ प्रतिशत मतदान भई सकेको एसीिपी समाचार संवाददता बब्लु खाँन जानकारी दिएको हुन । आज माघ ११ गते भईरहेको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बिजयी बनाउन ब्यबसायीहरु प्रचार प्रसारमा होमिएकाले नेपालगन्जका विभिन्न स्थानहरुमा घरदैलो तथा भेटघाट गर्दै रौनियार प्यानललाई बिजयी गराउन मतदाताहरु सग भोट हाल्न अपिल गरेका थिए । उद्योगी व्यवसायी बिचार जान्न्े प्रयास गर्ने क्रममा रौनियार प्यालन बलियो रहेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहकोे तर्फबाट अध्यक्ष पदमा ललित रौनियार सहित उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् । आज प्राविधिक शिक्षालयमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह अध्यक्ष पदमा ललित रौनियार, समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी नेतृत्वको प्यानल मैदानमा आफनो आफनो आफनो दावी गर्दै छन ।

