दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू , चीन र पाकिस्तान तनावमा
२४ गते कात्तिक २०७८ । भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रसिया र इरानसहित मध्यएसियाली देशका प्रतिनिधिहरू सहभागी छन् ।
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो ।बैठकमा इरान, ताजकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान र रसियाका प्रतिनिधिहरूको सहभागीता छ । पाकिस्तान भने यसअघि नै बैठकमा सहभागी नहुने जनाएको थियो ।
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागीता नजनाउने भएको छ । भारतले बैठक गर्दा चीनलाई तनाव हुनु र पाकिस्तानको निन्द्रा हराम भएको हो । छिमेकी सङ तनावमा रहेको चीन पनि धर्म संकटमा फसेको हो ।
अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ ।
भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् ।
अफगानिस्तानको दिल्ली क्षेत्रीय सुरक्षा संवादमा रुस, इरान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा अधिकारीहरू सहभागी छन्। तालिबानले काबुल कब्जा गरेपछि आतंकवाद, चरमपन्थ र लागूपदार्थको तस्करीको बढ्दो खतराको सामना गर्न व्यावहारिक सहयोगको लागि साझा दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले भारतले वार्ता आयोजना गरिरहेको छ। डोभालले भने, “हामी आज अफगानिस्तानसँग सम्बन्धित विषयमा छलफल गर्न भेटिरहेका छौं। हामी सबैले त्यो देशको विकासलाई नजिकबाट हेरिरहेका छौं।
“यसले अफगानिस्तानका जनताका लागि मात्र नभई यसका छिमेकी र क्षेत्रका लागि पनि महत्त्वपूर्ण प्रभाव पारेको छ,” उनले भने, वार्ता फलदायी हुने आशा डोभालले व्यक्त गरे। उनले भने, ‘हामीबीच घनिष्ट परामर्श गर्ने बेला आएको छ ।


