१२ मंसिर २०८३, शुक्रबार

दुई थारु नेता माथी अन्याय किन ?

एसीपी संवाददाता

८ श्रावण २०७८, शुक्रबार ०८:२४ मा प्रकाशित

भन्ने बितिकै सांसद रेशम चौधरी थारु
र लक्षमन थारु को नाम मात्र अगाडी आउँछ ।
तर राज्यले वहाँहरुको अपमान बदनाम दमन शोषण ब्यक्तिगत विभेद गरेको भान हुन्छ! वहाँहरुले थारुको मागमुदा प्रती दिएको बलिदान स्मरणीय रहोस । थारु भन्ने बित्तिकै वहाँहरुको नाम अगाडी गुन्जिन्छ । किन कि वहाँ हरु नै आम थारु बासिका लागि बढी त्याग बलिदान गर्दै आएका छन । हामी थारु हुनुमा गर्व गर्छौ! तर थारुहरु लाई राज्य ले कहाँ सम्मको लेखाजोखा गरेका छन! सभामा बसेका थारु सांसद हरु ले पनि केही सोचेका जानेका छैनन यहि दुर्भाग्य को कुरा हो । आखिर थारु जुझारु कर्म योद्धा युवा नेता लक्षमण थारु किन ४२ महिना जेल जीवन बितायो! त्यो ४२ महिना कसको लागि खेर गयो आम थारु कै लागि होइन र ? केही छैन त्यो एउटा त्याग बलिदान मानौं । तर अहिले को अवस्थामा जुन ३४३४१ मत प्राप्त गरेर बिजयी हुनु भएका सांसद रेशम चौधरी थारु सांसद भवन मा हुनुको साटो एउटा गुफामा किन कैद छन त? के हामी थारु को हैसियत छैनन् । आखिर हरेक जिल्लाका थारु सांसद हरु यस विषयमा आवाज किन उठाउदैनन किन मौन छन हामि थारु चाहियो भने जेल र नेल तोडन सक्छौं । तर हामी शान्ती र सद्भाव चाहन्छौं ।

लेखक : थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ तथा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङका जन्मदाता हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x