दुर्घटना सधै दुर्भाग्य हुदैन कहिले कही भाग्य भएर पनि आउछ
ओम आचार्य
प्रचणड प्रधानमन्त्री रहेको नेपाली काग्रेससंगको गठवन्धन अचानक भंग ,अचानक यसकारणले भनियो की त्यो गठवन्धन सहयात्री दलले समेत गठवन्धन व्रेक भइसकेपछी मात्र थाहा पाउनु ! प्रधानमन्त्री प्रचणडले काग्रेस संग गठवन्धन किन ब्रेक गरे ! उनलाइ काग्रेस संग किन असहज भयो ! असहज हुनु पर्ने दृष्यमा आएका थुप्रे कारणहरु छन! जस्तोकी कोशीको मुख्य मन्त्री सन्दर्भ , कोशी प्रदेसकै राष्ट्रिय सभाको निर्वाचन ,र राष्टिय सभाको अध्यक्षको दावी ,नेपाली काग्रेसबाट अर्थमन्त्री वनेका प्रकाशशरण महत,नेपाली काग्रेसको महासमीति भेलामा उठेका विचार र हिन्दुराष्ट्र! के यिनै कुराहरुबाट यो गठवन्धन टुटेको हो त? कोशीको मुख्यमन्त्री नियुक्तको सवालमा काग्रेस सभापती शेर बाहादुर देउवा ,प्रधानमन्त्री प्रचण्ड र डा.शेखर कोइरालाको वालुवाटार को चिर्कटो सहमतीले गठवन्धन निरन्तर रहने घोषणा गरे !
अब कोशीको मुख्यमन्त्रीको निर्वाचन करण यो सहमतीले भंगभएको होइन भन्नु पर्ने हुन्छ!
माओवादी र काग्रेसको गठवन्धनमा पालै पालो गठवन्धन दलले प्रधानमन्त्रीको नेतृत्व गर्ने सहमती भएको थियो र यो नै सहमती भंग हुनु मुख्य कारण हो भनिनु पर्छ! प्रचणडले नेतृत्व गरिरहेको प्रधानंन्त्री पछी अन्य दलले नेतृत्वगर्ने सहमती भएअनुसार गठवन्धन निरन्तर रहेमा प्रधानमन्त्री पदबाट प्रचणडले सहमती अनुसार अर्को दललाइ सत्ता हस्तांतरण गर्नु पर्ने छ !यस्तो अवस्थामा माओवादी केन्द्रको राजनीति र सक्ती केन्द्रमा हुने प्रभावनै मुख्य कारण हो !
अहिले सभामुख नेकपा एमालेको .राष्ट्रपती काग्रेसको र राष्ट्रिय सभाको अध्यक्ष पनि गठवन्धन निरन्तर रहने हो भने त्यो पद पनि काग्रेसकै हुने अवस्थाले गर्दा प्रचणड काग्रेस संगको सहमती भंग गर्न पुगेका हुन ! गठवन्धन भंग गर्दा आफ्नो प्रधानमन्त्री पनि केही दीर्घ हुने र राष्ट्रिय सभाको अध्यक्ष पनि हात लाग्ने भएकै कारण यो वाटो प्रचण्डले समाएका हुन!
प्रचण्डले राजनीतिमा सहमती सहकार्यमा रुची राखेको देखिन्दैन ! उन्ले जो जो संग गठवन्धन गरे ति ति दल ले धोखा पाए ! नेकपा एमाले र माओवादी केन्द्रको पाटी एक हुदा के पी ओली या प्रचण्ड कस्ले कस्लाइ धोखा दिएको हो ! यि दुवै दलबाट एक ले अर्कोलाइ दोष दिएका छन ! यस्तो अवस्थामा पनि नेकपा ऎमाले र माओबादीको पुन गठवन्धन हुनु राजनीतिमा आस्चर्य त होइन ! तर आस्चर्य त के हो भने प्रचण्ड संग त्यस्तो अदभुत राजनीतीके के कौशल छ जस्ले नेकपा एमाले र काग्रेस दुबैलाइ आफ्नो हितमा पाटीगत हित खेलाइ रहेकाछन !
र अव उन्को राजनीति को यो कौशलले कहिले सम्म साथ दिन्छ!
नेपाली काग्रेसका रमेश लेखकले भने जस्तै ” सबै धोखा खाएकाहरु एकै ठाउमा आए के हुन्छ”त्यती खेर प्रचण्डको अनुहारबाट धेरै उर्जा स्खलित भइरहेको थियो !
नेपाली काग्रेस र एमाले
एमालेलेका अध्यक्ष के पी ओली माओवादी र काग्रेसको गठवन्धन टुटाउन गठवन्धन निर्माण भएदेखी नै निरन्तर लागी रहे ! काग्रेस र माओवादीमा कोशी प्रदेस , राष्ट्रिय सभाको अध्यक्ष विवाद , महासमीतिको भेलामा उठेक विचार रअर्थमन्त्री प्रकाशरण महत को सन्दर्भनै गठवन्धन टुटाउने वातावरण नै एमालेको लागी उचित समय भयो !
काग्रेस भइरहेको गठवन्धन छोडेर एमाले संग गठवन्धन गर्न किमार्थ आउदैन ! राजनीतिमा निष्ठा र इमान्दारिता अझै पनि काग्रेसमा जीवित छ! यस्तो अवस्थामा काग्रेसनै गठवन्धन तोडन तयार हुदैन भनेर बुजेका के पी ओली प्रचणडको विगत राजनीति चरित्र ,अस्थिर राजनीति र सधै सक्ती केन्द्रमा रहन मरिहत्ते गर्ने प्रचणड नै उचित पात्र हुने ठहर गरेर प्रचण्ड संग नजिक हुदै यो अवस्थामा आइपुगेका हुन यी दुइ दल!
अहिले भइरहेको गठवन्धन को वनौट हेर्दा यो सरकार लामो समय सम्म जान सक्तैन ,यस कारणले भन्न सकिन्छ की के पी ओली ले आफ्ना दलका मन्त्रीहरुले लिएको मन्त्रालय यस्तो छ कि दल गत हिसाव र गठवन्धन को मर्म अनुसार एमाले पाउने मन्त्रालय पनि नलिइ सामन्य हैसियतमा मन्त्रीपदमा आफ्ना कार्यकर्ता पठाउनु पनि हो !र कुनै पनि बैला यो समिकरण भत्कन सक्छ!
काग्रेस भित्र माओबादी संगको गठवन्धन पनि स्वय काग्रेसका केही शिर्ष नेताहरुले रुचाइ रहेका थिएनन! काग्रेसले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नु पर्छ पनि भनिरहेका थिए “!कुचोले बढार्नु पर्ने हावाले उडायो “अन्तत त्यस्तै भयो ! दुर्घटना सधै दुरभाग्य हुदै कहिले कही भाग्य भएर पनि आउछ ! अहिले काग्रेस ले त्यसरी बुजोस त्यसरी जानोस।यही बुध्दीमानी हुन्छ! काग्रेसले अहिले संगठन बनाउने तिर लाग्नु पर्छ ! आपसमा भएका मतमतान्तर विर्सेर या आत्मालोचना गरेर फराकिलो र उदार भएर एक अर्का काग्रेससंग अंकमाल गर्ने वेला आएको छ !
एमाले र माओवादी को गठवन्धन टुटाउन नलागी आफ्नो बौध्दीक थेरापी गरिरहुन बिचार अरु परिमार्जित र प्रखर वानाउदै जाने संमय हो भनेर बुज्न सक्नु पर्छ!
अहिले काग्रेस र एमाले भित्रकै दोश्रो पुस्ताका नेताहरु मात्रै हैन जनआंकाक्षा पनि एमाले र काग्रेसको गठवन्धन निर्माण को चाहाना राखेका छन र यौटा स्थिर सरकारको अपेक्षा गरेकाछन ! यस्को संकेत पनि वर्तमान गठवन्धन सरकारको संरचना हो भन्न सकिन्छ !
काग्रेस सवल प्रतिपक्षको भुमिका निर्माण गर्दै जाओस !यता एमालेका के पी ओलीको दुइमहिनामै सरकार गिराएर प्रचण्ड कसरी काग्रेस संग गठवन्धन गर्न आइपुगे त्यसरी नै के पी ओली पनि काग्रेस गठवन्धन गर्न आइपुग्ने छन ! तर उनले दुइ महिना पनि समय दिदैन !


