१२ मंसिर २०८३, शुक्रबार

देउवा प्रचण्ड भेट तर निकास के ?

एसीपी संवाददाता

३० बैशाख २०७८, बिहीबार १३:१३ मा प्रकाशित

गठबन्धन सरकार गठनका बिषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ

छलफलका लागि प्रचण्ड बिहीबार दिउँसो देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् । बिहीबार राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र प्रचण्डबीच छलफल भएको हो । यसअघि बिहीबार नै जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउवाले छलफल गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x