१७ जेष्ठ २०८१, बिहीबार

धूम्रमान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामुलक कार्यक्रम

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार १३:१५ मा प्रकाशित

रिसब सिंह वाडिया , नेपालगन्ज –   आज  मंगलबारका दिन नेपालगन्ज उप–महानगरपालिका बाँकेले बिहान धूम्रमान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामुलक प्रभातफेरी कार्यक्रम गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुआत गरेका हुन  । 
नयाँ बर्ष २०८१ को प्रारम्भसंगै नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा खासगरी सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । पहिलो चरणमा सचेतना प्रवर्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढेको छ ।
कार्यक्रममा बाँके जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रवण कुमार पोखरेल , जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रमुख उपरीक्षक तुल बहादुर कार्की , नेपालगंज जेसीज साहबगिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x