२ श्रावण २०८३, शनिबार

नक्कली नोट सहित ८ जना पक्राउ

एसीपी संवाददाता

१८ भाद्र २०८१, मंगलवार ११:०४ मा प्रकाशित

सर्लाही, भदौं । नक्कली नोट छाप्नमा प्रयोग गरिने कागज, विभिन्न रंगका केमिकल सहित ८ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई प्राप्त भएको सूचना अनुसार इलाका प्रहरी कार्यालय गडहिया डुमरिया, प्रहरी चौकी मधुबनी र सशस्त्र प्रहरी पोष्ट (बिओपी) मधुवनीबाट खटिएका संयुक्त प्रहरी टोलीले गोडैंता नगरपालिका वडा नम्वर १२ मधुबनीमा सिंचाईको लागि बनाइएको वोरिंगको गोठमा गएको शनिवार साँझ ६ बजेको समयमा छापा मारेर नक्कली नोट छाप्नमा प्रयोग गर्ने आवश्यक सामग्री सहित ८ जनालाई पक्राउ गरी सर्लाही प्रहरीले कारवाही सुरु गरेका हुन् ।
काठमाडौं चन्द्रागिरी नपा १५  का २६ बर्षिय सौगात थापा मगर, काठमाडौं महानगरपालिका ६ मनहराका ४७ बर्षिय विजय लामा, ललितपुर महानगरपालिका १ कुपण्डोलका ३३ बर्षिय संजम राना मगर, भुक्तपुर चाँगुनारायण ५ का ३७ बर्षिय अमिर खत्री, रौतहट चन्द्रपुर नगरपालिका ६ नराई टोलका ३७ बर्षिय विशाल राई, गोडैता नगरपालिका १२ मधुवनीका जनार्धन सिंह तथा भारत विहार राज्य सीतामढी जिल्ला बैरगनिया थाना पचटकीका ४९ बर्षिय नवल ठाकुर र भारत विहार राज्य सीतामढी जिल्ला मेजरगञ्जका ४० बर्षिय सुबोध कुमारलाई नक्क्ली नोट छाप्नमा प्रयोग गरिने आवश्यक सामग्री सहित पक्राउ गरेर जिल्ला अदालत मलंगवाबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार हामीलाई प्राप्त जानकारी अनुसार मधुवनी गाउँ स्थित सिंचाईका लागि गाडिएको बोरिंगको लागि बनाइएको घर गोठ भित्रको कोठामा बसेर यी व्यक्तिहरु नोट छाप्न लागेको अवस्थामा पक्राउ गरिएका छौं । उक्त गोठबाट नोट बनाउन प्रयोग गरिने कागज, विभिन्न रंगको केमिकल ८ लिटर, नेपाली नोट ८५ हजार ७५ रुपैया, मोवाइल १० थान, विआर ०६बिएस ६८५७ र विआर ०७ ५२४३ नम्वरको दुई थान भारतीय नम्वरको मोटरसाइकल र एक थान नेपाली नम्वर प्लेटको स्कारपीओलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
तिनीहरुलाई प्रहरी हिरासतमा राखेर नक्कली नोट छाप्ने कसुर अन्तर्गतको मुद्दामा म्याद थप गरेर कारवाही सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x