१२ मंसिर २०८३, शुक्रबार

नागरिक समाजले तोडमरोड गरेर राष्ट्रिय स्वार्थलाई क्षति पुर्‍याउन रणनीतिमा छ्न सावधान रहन आवश्यक – अजित

एसीपी संवाददाता

२७ कार्तिक २०७८, शनिबार १६:०२ मा प्रकाशित

२७ गते कात्तिक २०७८  — भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले युद्धको नयाँ मोर्चाका रुपमा नागरिक समाज देखा परेको बताएका छन् ।

हैदराबादस्थित सरदार बल्लभभाई पटेल प्रहरी एकेडेमीमा नेपाल, भारत, माल्दिभ्स र भुटानका प्रहरी अधिकृतहरुलाई शुक्रबार सम्बोधन गर्ने क्रममा डोभलले नागरिक समाजले तोडमरोड गरेर राष्ट्रिय स्वार्थलाई क्षति पुर्‍याउन सक्ने बताएका छन् ।
उनले १७ विदेशीसहित तालिमे अधिकृतसहित भारतका ७३ औं ब्याचका १ सय ३२ आइपिएस अधिकृतहरुलाई शुभकामना दिँदै सो कुरा बताएको भारतीय सञ्चारमाध्यमले एनडिटिभीले जनाएको छ ।
‘तपाईंहरुले चौथो पिढीको युद्ध भन्ने गर्नु भएको युद्धको नयाँ मोर्चा नागरिक समाज हो । युद्धहरु राजनीतिक वा सैनिक उद्देश्य प्राप्त गर्ने प्रभावकारी माध्यम बन्न छाडेको छ । त्यो निकै महँगो वा धान्न नसकिने भएको छ साथसाथै त्यो यसको परिणाम पनि अनिश्चित हुन्छ’ डोभालले सम्बोधन गर्दै भनेका छन्, ‘तर कुनै पनि राष्ट्रमा नागरिक समाजले राष्ट्रिय स्वार्थलाई क्षति पुग्नेगरी भड्काउने, घृणा, विभाजन, तोडमरोड गर्नसक्छन् । तपाईंहरु यो सबै रुपमा सुरक्षित छ भनेर हेर्नका लागि हो ।’
उनले युवाहरु प्रशिक्षार्थीहरु नयाँ राष्ट्रिय अवधारणा विकासदेखि राष्ट्रिय सेवामा प्रभावकारी योगदानका लागि भएको बताए ।
कार्यक्रममा उनले प्रविधिको मोर्चामा पनि उत्कृष्ट हुनु पर्नेमा जोड दिए । उनले भने, ‘तपाईंहरुको सफलताबिना देश सफल हुँदैन । आन्तरिक सुरक्षा असफल भयो भने कुनै पनि देश महान् हुन सक्दैन । जनता सुरक्षित र सुनिश्चित भएनन् भने उनीहरुले आफ्नो संभावनाअनुसार विकास गर्न सक्दैन र संभवत: देशको पनि कहिले विकास हुँदैन ।’ ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x