१२ मंसिर २०८३, शुक्रबार

निगमका कर्मचारीद्वारा विरोध प्रदर्शन,तालाबन्दी

एसीपी संवाददाता

२२ असार २०७८, मंगलवार १५:३७ मा प्रकाशित

नेपाल वायु सेवा निगममा कर्मचारीले विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका छन् ।

निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तार निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका हुन् । तालाबन्दी भएको केहिबेरमा प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए ।

कर्मचारीले लगाएको ताला प्रशासनले नेपाल प्रहरी बोलाएर फुटाउन खोजेको थियो तर कर्मचारीले विरोध गरेपछि प्रहरीसँग घम्साघम्सी भएको छ ।

कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ ।

निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x