१२ मंसिर २०८३, शुक्रबार

नुवाकोटमा देउवा प्य्यनलको क्लिन्स्वीप

एसीपी संवाददाता

५ मंसिर २०७८, आईतवार ०२:२२ मा प्रकाशित

५ गते मंसिर २०७८ । नुवाकोट । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नुवाकोटमा अर्जुननरसिहं केसी र जगदिशनरसिंह केसी दाजुभाईले नराम्रो पराजय व्यहोरेका छन् ।

महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका नेता गगन थापाका ससुरासमेत रहेका केन्द्रीय नेता अर्जुननरसिंह केसी आफ्नो जिल्ला नुवाकोटमा तल्लो अधिवेशनमै बढारिएका हुन् ।

हालै सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा रामचन्द्र पौडेल खेमामा रहेका केसी दाजुभाइ समूहको टिमले लज्जास्पद हार व्यहोर्नुपरेको हो ।

नुवाकोटको ४ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिशनरसिंह केसीनिकटका सबै उम्मेदवारहरु पराजित भएका हुन् ।

नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेशसभा (क) को निर्वाचनमा प्रकाशशरण महत निकटका उमेदवारहरु विजयी भएका छन् ।

अर्जुननरसिंह केसीका नातेदार तथा स्वकीय सचिव सरोज केसीले नेतृत्व गरेको टिमका उमेदवारलाई पराजित गर्दै देउवा समूहका उमेदवारहरु विजयी बनेका हुन् ।

त्यस्तै प्रदेश सभा (ख) मा पनि देउवा पक्षीय उम्मेदवार प्रदेशसभाको सभापतिमा विजयी भएका छन् । केसी समूहका ऋषिकुमार तामाङलाई भारी मतान्तरले पराजित गर्दै देउवा पक्षीय उमेदवारले प्यानलसहितको जित निकालेका हुन् ।

नुवाकोट क्षेत्र नम्बर १ प्रकाशशरण महतले चुनाव लड्ने तयारी गरिरहेको निर्वाचन क्षेत्र पनि हो । यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा (ख) को प्रदेश कार्यसमिति सभापतिमा देउवा खेमाका बहादुरसिंह लामा समर्थित उमेदवार गणेशमान तामाङ निर्वाचित भएका छन् ।

सभापतिका लागि दुईजना उम्मेदवार रहेकोमा गणेशमानले २४२ पाए भने उनका प्रतिद्वन्दी रामचन्द्र पौडेल खेमाबाट केसी दाजुभाईको समर्थनमा उमेदवार बनेका आतमसिंह तामाङले १५२ मत मात्र प्राप्त गरे ।

नुवाकोट २ नंवर क्षेत्रको प्रदेश सभा ‘क’ को सभापतिमा पनि लामा निकटका बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन् ।

केसी दाजुभाईले आफ्नो प्रभाव देखाउन सक्ने ठानिएको सो क्षेत्रमा समेत अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ लाई हराउँदै देउवापक्षीय उमेदवार पाण्डे विजयी बनेका हुन् ।

यससँगै जिल्लामा विरासत बोकेको केसी दाजुभाइ रामचन्द्र पौडेलको पछि लाग्दा हारमा रेकर्ड हानेका पौडेलकै हालतमा पुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x