१२ मंसिर २०८३, शुक्रबार

नेपालको नयाँ पार्टी दर्ता हुँदा देउवाको सफलता

एसीपी संवाददाता

१० भाद्र २०७८, बिहीबार ०१:२२ मा प्रकाशित

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा सनाखत पूरा भएको छ ।

योसँगै अब, माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको सत्ता साझेदारी लगभग अन्तिम चरणमा पुगेको छ ।

यो सबबाट प्रधानमन्त्री देउवाको मजबुती झल्किएको टिप्पणी उनका समर्थकले गर्न थालेका छन् । लामोसमयसम्म पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको थियो ।

यदि, नेपाल समुहले नयाँ पार्टी दर्ता नगरेरै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेको अवस्थामा फेरि यसै गठबन्धनबीच विवाद हुनसक्ने थियो ।

विस्तार भइसकेको मन्त्रिपरिषद्मा नेपालसमुहलाई व्यवस्थापन गर्न हुने चुनौतीको पूर्व आंकलन गर्दै देउवाले नेपालपक्ष पनि गठबन्धनमा आउन तयार भइसकेसँगै अब, तीनै समुहबीचको सहमतिमा मन्पिरिषद् विस्तार गर्ने संकेत गरेका छन् ।

यसलाई कांग्रेस सभापति समेत रहेका देउवाको दुरगामी मिसनका रुपमा समेत मानिएको छ । उसोत, देउवाले यसअघि पनि एमालेको आन्तरिक विवादकाबीच निकै नै सोचेर मात्रै निर्णय लिँदै आएका थिए ।

नेपालपक्षको दलदर्ता लगभग अन्तिमचरणमा पुगेसँगै अब, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनमा मजबुत सरकार बन्ने विश्वास गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x