१२ मंसिर २०८३, शुक्रबार

नेपालगंज रामलिला मैदानमा ५ दिवसीय बृहत् योग विज्ञान शिविर हुने

एसीपी संवाददाता

१८ बैशाख २०८१, मंगलवार २१:३७ मा प्रकाशित

रिसब सिंह बाडिया – बाँके नेपालगंज रामलिला मैदानमा वैशाख १८ गतेदेखि २२ गतेसम्म ५ दिवसीय बृहत् योग विज्ञान शिविर हुने भएको छ । बिहान ५ बजेदेखि शुरू भई ७ बजेसम्म कार्यक्रम हुने छ ।  मुख्य केन्द्रीय प्रभारी लवदेव , महिला केन्द्रीय प्रभारी साध्वी देवादिती , युवा केन्द्रीय प्रभारी साध्वी देवविजया , पतंजली नेपाल सेवा आश्रम प्रमुख साध्वी देवकृपा , प्रशिक्षण विभाग प्रमुख लुम्बिनी प्रदेश दिपक बस्यालको उपस्थित रहने छ । 
पतंजलि योग समिति प्रदेश, केन्द्र तथा हरिद्वारबाट पाल्नुहुने योग गुरुबाट योग तथा आयुर्वेदका माध्यमबाट शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक लाभ प्राप्त हुने ।
मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, ग्यास, अम्लपित्त, दम, स्वास सम्बन्धी रोग, एलर्जी, माइग्रेन, ब्लडप्रेशर, लकवा, कम्पनवात, अर्थराइटिस जस्ता असाध्य रोगहरू निर्मूल गर्न सकिने ।
आयुर्वेदिक डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परिक्षण (प्रेशर, सुगर समेत) को उपाय हु
नकारात्मक विचार समाप्त हुने र योग अभ्यासले मानिसलाई सधैं सकारात्मक विचार, चिन्तन र उत्साहले भरिपूर्ण हुन मद्धत पुग्ने लक्ष्य रहेको हो  ।
आयोजकः पतंजली योग समिति बाँके , पतंजली महिला समिति बाँके , युवा नेपाल समिति , प्राविधिक सहयोगः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बाँके नेपालगंज आयुर्वेद जनरल हस्पिटल बाँके , सहयोग तथा सहकार्यः नेपालगंज उप-महानगरपालिका रामलिला संचालक समिति ।
५ दिवसीय बृहत् योग विज्ञान शिविरमा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x