१२ मंसिर २०८३, शुक्रबार
नेपालगन्जका हमाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्ने पक्का
२२ गते असोज २०७८ शुक्रबार । लुम्बिनी प्रदेश सरकार पनि आज विस्तार हुँदैछ ।मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
आज शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि माओवादीले मन्त्रीको नाम टुंग्याइसकेको बताइएको छ । कांग्रेसमा पनि करिव करिव टुंगो लागेको नेताहरुले बताएका छन् ।
कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल पनि मन्त्री बन्दैछन् । उनी वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्नेछन् । बाँकेको प्रदेशसभा २(ख) बाट निर्वाचित हमाल नेपालगन्ज निवासी हुन् । उनी ओलम्पियन पनि हुन् ।
Subscribe
Login
0 Comments


