१२ जेष्ठ २०८३, मंगलवार
नेपालगन्जको अव्यवस्थित बजार त्रिभुवन चोक
नन्दलाल साहू/नेपालगन्ज
उपमहानगरपालिकाले जतिसुकै प्रयास गरे पनि बजार व्यवस्थित हुन सकिरहेको छैन ।

बजार अव्यवस्थित हुनाले सर्वसाधारणलाई आवतजावत गर्न दु:ख खेप्नुपरेको छ।दुर्घटनाको पनि संभावना हुने गरेको छ।
बाटो भरि फलफूल र तरकारीको ठेला, ई-रिक्सा,बाइक र चारपाँङ्रे गाडीले जामको पनि समस्या निम्त्याएको हुन्छ।समस्यामा सर्वसाधारण पर्ने गरेको छ।
पटकपटकको प्रयासले अव्यवस्थित बजार व्यवस्थित नहुनुमा कतै उपमहानगरपालिकाको देखावटी प्रयास मात्रै रहेको पैदल यात्री रामानुज वैश्यको भनाइ रहेको छ।
Subscribe
Login
0 Comments



