नेपालगन्जबाट एक जना पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक ईश्वरदेव गिरीले जानकारी दिए ।
नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई–रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुःख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको उनले बताए ।
नेपालगञ्जमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिदैन भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन । ई–रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिक रुपमा खुलेको देखिन्छ ।


