१२ मंसिर २०८३, शुक्रबार

नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनमा देउवाको समर्थक नै बिजय हुँदै

एसीपी संवाददाता

९ मंसिर २०७८, बिहीबार ०२:५१ मा प्रकाशित

९ गते मङ्सिर २०७८ ।  नेपाली  कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नतिजा सार्वजनिक भइरहेको छ ।

अधिकाशं जिल्लामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट व्यक्तिहरु जिल्ला सभापति निर्वाचित भएका छन् ।

२५ जिल्लाको नतिजा सार्वजनिक हुँदा देउवानिकट १४ जना जिल्ला सभापति निर्वाचित भएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

को कहाँ ?

शंकर गुरुङ मनाङ, मोहनविक्रम सिंह हुम्ला, गजेन्द्रप्रसाद तुम्याहाङ ताप्लेजुङ, पूर्णबहादुर तामाङ रामेछाप, ऐनबहादुर शाही मुगु, रुपनारायण जगेबु पाँचथर, डा टकराज गुरुङ लमजुङ, चतुरबहादुर चन्द बैतडी, केशवबहादुर विष्ट सल्यान,  , भीमबहादुर साउद डडेल्धुरा, खमबहादुर गर्बुजा म्याग्दी, खडकबहादुर बोहोरा बझाङ, कर्णबहादुर शाही जुम्ला,  दीपेन्द्रबहादुर शाही डोल्पा, बेवराज सिंह जाजरकोट संस्थापन अर्थात देउवा पक्ष हुन् ।

त्यसैगरी रोमी गौचन थकाली मनाङ, केशरमान रोका, अम्बरबहादुर शाही, दीपक खड्का, नन्दप्रसाद न्यौपाने बर्मा लामा, रामसिंह रावल, विनोद वान्तवा, केशव श्रेष्ठ विष्णुकुमार गिरी पौडेल समूहका रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x