१२ मंसिर २०८३, शुक्रबार

नेपाल–भारत महिला मैत्री समाजद्वारा बाढी पीडितलाई राहत सामग्री वितरण

एसीपी संवाददाता

२ आश्विन २०७८, शनिबार २१:४८ मा प्रकाशित

२ गते भदौ २०७८ शनिबार ।
लुम्बिनी । नेपाल–भारत महिला मैत्री समाजले आज प्रदेशको दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेको छ ।
भारत सरकारको सहयोगमा उपलब्ध भएको त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको हो ।
नेपाल–भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ करोड बराबरको राहत सामग्री हस्तान्तरण गरेको मध्ये प्रदेश २ को ८ जिल्ला र लुम्बिनी प्रदेशको दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएको संयोजक एवं सांसद चन्दा चौधरीले बताइन ।
रुपन्देहीको समरीमाइ गाउंपालिकामा आयोजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्रो असल छिमेकी रहेकोले सबैभन्दा पहिला आफ्नो छिमेकीको पीडा बुझेर विपदका बेला निरन्तर सहयोग गर्दै आएको सर्वविद्धतै रहेको बताउंदै नदीको बाढले पिडित मधेशी जनताको मर्म सरकारले अहिलेसम्म नबुझेको अरोप लगाउनुभयो ।
कार्यक्रममा बाढी पिडितहरु स्थानीय तह र केही संघसंस्थाहरुले सहयोग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएको वक्ताहरूले गुनासो गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x