१२ मंसिर २०८३, शुक्रबार

नेपाल भारत सीमावर्ती क्षेत्रमा आतंककारी गतिबिधि बिस्तार  

एसीपी संवाददाता

६ बैशाख २०७८, सोमबार ०१:३० मा प्रकाशित

काठमाडौँ । आतंकबादी संगठन अल-कायदा सम्बद्ध टर्की आधारीत परोपकारी समुहले नेपाल भारत सीमावर्ती क्षेत्रमा गतिबिधि बिस्तार गरिरहेको छ ।

अल-कायदा सम्बद्ध परोपकारी समुह (आईएच्एच्)ले नेपालस्थित ईस्लामि संघ नेपालसँग सहकार्य गरी नेपाल भारत सीमावर्ती क्षेत्रमा गतिबिधि बिस्तार गरेको खुलेको हो ।

मुस्लिम बाहुल्यता रहेको मुलुक टर्कीको गुप्तचर संस्था एम्आईटी र राष्ट्रपति रेकेप तैयप एर्दोगानद्धारा परिचालित भनीएको अल-कायदा सम्बद्ध आईएच्एच् समुहले विभिन्न इस्लामिक संस्थाहरुलाई आर्थिक सहयोग गर्ने गर्दछ । अल-कायदा सम्बद्ध आईएच्एच्ले नेपालस्थित अल्पसंख्यक मुस्लिम समुदायलाई सहयोग बिस्तार गर्न नेपाल र बिशेषगरि भारतीय सीमा नजिक क्षेत्रहरुमा बिभिन्न परियोजनाहरु परिचालन गरिरहेको खुलेको छ । साथै जिहादी सञ्जालहरुलाई सहयोग पुराउन बन्दोबस्तीको गतिबिधि गरेको पनि बताईएको छ ।

आईएच्एच्ले इस्लामि संघ नेपाल लाई प्रत्यक्ष आर्थिक सहयोग गरि नेपालमा बिभिन्न परियोजना सञ्चालन गरेको बताइएको छ । आईएच्एच्ले नेपालको प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशमा बिशेष गतिबिधि बढाएको छ । नेपालको राजधानी काडमाडौँ सहित बिभिन्न क्षेत्रहरुमा मस्जिद, अनाथालय, इस्लामिक केन्द्रहरु स्थापना गरेको छ ।

आतंकबादीहरुलाई सुरक्षा दिएको, जिहादी सञ्जालहरुलाई बन्दोबस्तीको गतिबिधि बिस्तार गरेको भन्दै भारतीय गुप्तचर संस्थाले आईएच्एच् समुहलाई सन् २०१८ यता सुक्ष्म निरिक्षण गरिरहेको बताईएको छ ।स्रोत हिन्दुस्तान टाईम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x