१२ मंसिर २०८३, शुक्रबार

नेपाल र भारतका ईस्लामिक धर्म गुरुहरुको सरकार गौसे कान्फ्रेन्स सम्पन्न

एसीपी संवाददाता

२७ कार्तिक २०७८, शनिबार ०८:२४ मा प्रकाशित

२७ गते कात्तिक २०७८ । भब्यताका साथ सरकार गौसे आजम कन्फ्रेन्स शनिवार नेपालगंज उप_महानगरपालिक वडा नंबर ३ एक्लैनि बजारमा आयोजना भएको छ । इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउन करिव एक दशक देखि एकलैनीमा यस्तो कन्फ्रेन्स हुँदै आएको हो ।
शनिबार आयोजना गरिएको कन्फ्रेन्समा भारतका विभिन्न स्थानबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व बारेमा आ आफ्नो धारणा राखेका थिए । साथै यस्ले दिने सन्देशहरुका बारेमा आ-आफ्नो धारणा राखेका हुन ।
मुस्लिम समुदायमा आपसी भाइचारा, सदभाव कायम गर्ने सवालमा भएका गतिविधि, इस्लामको महत्वबारे जानकारी आदानप्रदान गर्ने काम भएको
नेपालगंजको एकलैनी बजारमा हुने यस्ता कन्फ्रेन्सले इस्लामका विभिन्न आयामबारे छलफल, परामर्श र निचोड निकाल्ने काम गर्दै आएको हो । अहिके नेपाल भारत सहितका ईस्लाम धर्म गुरु अगुवाहरु भेलाले दुई देशका आपसी सम्बन्धका विषयमा समेत जोड दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x