१२ मंसिर २०८३, शुक्रबार
नेपाल समुहका सांसदहरु सिंहदरबारमा किन ?
राजीनामा दिने चर्चा चलिरहेका बेला नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपाल, सुवास नेम्वाङ र बिष्णु पौडेलबीच वार्ता भइरहेको छ ।
आफ्ना सांसदहरुलाई राजीनामा दिन संसद सचिवालय बोलाएपछि नेता नेपालले नेम्वाङ र पौडेलसंग छलफल गरिरहनुभएको हो । राजीनामाका लागि नै एमाले माधव झलनाथ पक्षका सांसदहरु सिंहदरबार पुगेका छन् । पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।
Subscribe
Login
0 Comments


