१२ मंसिर २०८३, शुक्रबार

नेपाल समुहको अखिलद्वारा बाढि पीडितलाई सहयोग

एसीपी संवाददाता

४ असार २०७८, शुक्रबार ०६:२० मा प्रकाशित

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले निस्वार्थ भावले बाढीपहिरो पिडितको समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ ।

शुक्रबार काठमाडौंमा आफु निकट अनेरास्ववियुलाई हेलम्बु बाढी पिडितका लागि राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेता नेपालले आफुहरु जनता र राष्ट्रका लागि समर्पित हुनुपर्ने भन्दै निस्वार्थ भावले बाढीपहिरो पिडितको समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिनुभएको हो ।

उहाले अहिले सरकार र सरकारसंग जोडिएका व्यक्तिको व्यवहारमा जनताप्रतिको उत्तरदायि भाव नदेखिएको जिकिर गर्नुभयो । त्यस्तै उहाले अहिले सेवा भन्दा पनि प्रचारलाई केन्द्रबिन्दुमा राख्ने प्रवृति देखिएको बताउनुभयो । नेता नेपालले बाढीपछि हेलम्बुको क्षतीग्रस्तबाटोलाई छिटो भन्दा छिटो मर्मत गरि नागरिकको जनजिवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता नेपालले खाधान्न सामाग्री, स्वास्थ्य सामाग्री, पाल लगाएका सामाग्री हस्तान्तरण गर्नुभयो । नेपाल पक्ष अखिलका महासचिव आरती लामाले हेलम्बुमा प्रयाप्त खाधान्न र स्वास्थ्य सामाग्री नपुगेको हुनाले आफुहरु त्यस क्षेत्रमा सहयोग गर्न लागेको बताउनुभयो ।

अखिलले बाढी पहिरोबाट प्रभावित अन्य क्षेत्रमा पनि खटिने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x