नेपाल समूहका सांसद संस्थापन पक्षतिर ; नेपाल पक्षमा मच्यो खैलाबैला
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका एक सांसद संस्थापन पक्षतिर लागेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा हस्ताक्षर गरेका सांसद गणेश पहाडीले नेपाल समूह परित्याग गरेका हुन् । अब विपक्षी गठबन्धनको सांसद संख्या पनि घटेको छ ।
सिन्धुलीबाट निर्वाचित पहाडी एमाले एकता जोगाउन सक्रिय थिए ।
ओलीले गरे पुरस्कृत
माधव समूह छोडेका सांसद पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासन मन्त्री बनाएर पुरस्कृत गर्ने भएका छन् । नवौं महाधिवेशनमा नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका पहाडी वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा अनुपस्थित भएका थिए ।
पछिल्लो समय राष्ट्रपति कार्यालयमा देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा उनको पनि हस्ताक्षर थियो ।नेपालपाना


