१२ मंसिर २०८३, शुक्रबार
नेपाल सिमा सम्म ४ लाइनको बाटो भारत सरकारले बनाउने
काठमाडौं – भारत सरकारले पटनादेखि नेपालको सीमासम्म चार लेनको हाइवे बनाउने भएको छ ।
भारतीय मिडियाका अनुसार पटना एम्सदेखि वाल्मीकिनगरको रामपुर चेकपोस्टस्थित नेपाल सीमासम्म चार लेन हाइवे बनाइने भएको हो ।
images
images
पर्यटन र आर्थिक दृष्टिकोणले महत्वपूर्ण यो हाइवेको खाका एनएचएआईले तयार पारेको र यसको अनुमानित लागत ५६ सय ५० करोड भारु लाग्ने छ ।
२३९ किलोमीटर लम्बाइ हाईवेको निर्माणपछि वाल्मीकिनगर टाइगर प्रोजेक्ट (इको टूरिज्म) जान निकै सहज हुने अनुमान गरिएको छ । नेपाली सीमासम्म बन्ने हाइवेले भारतका जुनसुकै ठाउँमा जान नेपालीलाई पनि सहज हुने भएको छ ।
रामजानकी मार्ग (अयोध्या–जनकपुर), ईस्ट–वेस्ट कॉरिडोर (गुजरात–अरुणाचल प्रदेश) समेत अन्य राष्ट्रिय राजमार्गसँग यो हाइवे जोडिने भएको छ । यो हाईवेलाई तीन प्याकेजमा बनाउने तयारी भएको छ ।
Subscribe
Login
0 Comments


