८ कार्तिक २०८१, बिहीबार

नेपाल स्थित भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

एसीपी संवाददाता

१२ माघ २०७६, आईतवार १३:५७ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
जनवरी26 / ७१औं गणतन्त्र दिवसको अवसरमा नेपाल स्थित भारतीय दूतावास ले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग । ७१औं गणतन्त्र दिवसको अवसरमा नेपाल स्थित भारतीय दूतावास ले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ ।
नेपाल स्थित भारतीय दूतावास ले आयोजित गरेको एक विशेष कार्यक्रमका बीच नेपालको विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० एम्बुलेन्स सहयोग गरेको छ ।
दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि सहयोग गरेको छ। नेपाल स्थित भारतीय दूतावसले आयोजित गरेको एक कार्यक्रमका बीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान गरेको छ।
दूतावासको अनुसार १ वीर नारी, ८ एकल महिला,र मृतक सैनिकको ५ नातेदार लाई ५ करोड ९७ लाख नेपाली रुपैया र दोशाला ओढाकर सम्मान गरेको छ।
कार्यबाहक राजदूत डा. अजय कुमारले सातै प्रदेशमा अवस्थित ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक पनि प्रदान गरेको छ। कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसको अवसर बेला भारतीय राष्ट्रपति द्वारा दिइएको शुभकामना सन्देश पढेर सुनाएका थिए।
भारतले प्रतिबद्धता जनाउदै भनेको छ कि नेपालको आर्थिक विकासको यात्रामा हामी संधै नेपालको साथ छौ। यस कार्यक्रममा इन्डिया हाउसमा नेपालको उपराष्ट्रपतिको साथ साथ विभिन्न राजनीतिक दलका नेताहरु सहभागी रहेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x