१२ मंसिर २०८३, शुक्रबार

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

एसीपी संवाददाता

१ असार २०८१, शुक्रबार १०:०६ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २ जना घाइते भएका भएका छन् । जिल्लाको  फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु हुँदा दुई जना घाइते भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ ।

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x