१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा एक पूर्व मेजर जनरलका छोरालाई पॉंच साल कारावास सजाय

एसीपी संवाददाता

२९ कार्तिक २०७८, सोमबार ०६:०१ मा प्रकाशित

  २९ गते कात्तिक २०७८ ।   पाकिस्तानको सेना अदालतले एक पूर्व मेजर जनरलका छोरालाई पॉंच साल कारावासको सजाय सुनाएको छ।

उनले पाकिस्तानका वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाको राजीनामाको माग गरेका थिए। पूर्व मेजर जनरल जाफर मेहदी अस्करीका छोरा हसन अस्करीले पत्र लेखेर जनरल बाजवाको सेना प्रमुखको रूपमा कार्यकालको आलोचना गरेका थिए।

उनले सैन्य प्रमुखको नीतिहरूको आलोचना गर्दै उनको राजीनामा माग गरेका थिए। अस्करीले आफ्नो पत्रको प्रति विभिन्न प्रमुख जनरलहरू र लेफ्टिनेन्ट जनरलहरूलाई पनि पठाएका थिए।

अस्करीले सेना प्रमुखमाथि सेनाका वरिष्ठ अधिकारीहरूलाई भडकाएको आरोप लगाएका थिए। जुलाई महिनामा फील्ड जनरल कोर्टले उनलाई जेलको सजाय सुनाएको थियो।

यसपछि, उनलाई साहीवालको जलमा पठाइएको थियो। हसनमाथि देशद्रोहको केस चलाइयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x