१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानले हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको खुलासा

एसीपी संवाददाता

२९ भाद्र २०७८, मंगलवार १२:२७ मा प्रकाशित

२९ गते भदौ २०७८ मंगलबार । पाकिस्तानले तालिवान र तालिवान सरकारमा सहभागी हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको हक्कानी नेटवर्कसँग गहिरो सम्बन्ध रहेको बताएका छन्।
अफगानिस्तानमा हस्तक्षेप गरेको भन्ने आरोप पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ। पाकिस्तानले एकातर्फ तालिवानीलाई शरण दिएको र अर्कोतर्फ आतंकवादविरुद्धको लडाइँमा साथ रहने प्रतिबद्धता जनाउने गरेको भन्दै ब्लिंकनले अमेरिका–पाकिस्तान सम्बन्धलाई छिट्टै समीक्षा गरिने बताएका छन्। अफगानिस्तानको मामलामा पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नैपर्ने बताएका भास्करले उल्लेख गरेको छ। तालिवानसँग पाकिस्तानको लाभका धेरै विषय भएको उल्लेख गर्दै ब्लिंकनले तीमध्ये केही विषय अमेरिकाको विरुद्धमा रहेको चेतावनीसमेत दिएका छन्।
एजेन्सीहरु बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x