पाकिस्तान मुर्दाबाद , अफगानिस्तान छोड़ो’भन्दै काबुलमा महिलाहरुद्वारा बिरोध प्रदर्शन
भदौ २३ गते बुधबार । अफगानिस्तानको राजधानी काबुलका सडकमा विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शनमा अफगानी महिला र युवाहरु आफ्नो अधिकारका साथसाथै पाकिस्तान विरोधी नारा पनि लगाइरहेका छन् ।
बीबीसीको रिपोर्टअनुसार प्रदर्शनकारीले काबुलमा ’अल्लाहू अकबर’, ’हमें एक खÞुदमुखÞ्तार मुल्क चाहिए’, ’हमें पाकिस्तान की कठपुतली सरकार नहीं चाहिए’, ’पाकिस्तान अफगानिस्तान छोड़ो’ जस्ता नारा लगाएका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति भवनसम्म पुग्ने प्रयास गरेका छन् । तर तालिवान लडाकुले हवाई फायरिङ गरेर प्रदर्शनकारीलाई तितर वितर पारेका छन् ।
एक हजारको संख्यामा पुरुष र महिला एकजुट भएर पाकिस्तानविरुद्ध नारा लगाइरहेका छन् । पाकिस्तानले पंजशीर प्राप्तमा तालिवानको समर्थन गर्नु, पाकिस्तानी आईएसआई चीफ काबुल भ्रमणमा आएर महिला र युवाको अधिकार खोस्ने तालिवानलाई साथ दिएको भन्दै युवा र महिलाहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयहरुले सामाजिक सञ्जालमार्फत ’राष्ट्रिय प्रतिरोध मोर्चा जÞिन्दा रहो’ भन्दै सेयर गरिएको भिडियोमा पाकिस्तान विरोधी नारा लगाइरहेका छन् ।
अहमद मसूदले एक अडियो सन्देश पठाएर अफगान नागरिकलाई अफगानिस्तानमा तालिवानविरुद्ध एक संयुक्त राष्ट्रिय विद्रोह शुरू गर्न आह्वान गरेका छन् ।
मसूदले काबुल र मजÞार–ए–शरीफÞमा महिलाहरुको विरोध यो प्रतिरोधको उदाहरण भएको बताए ।
काबुलमा पछिल्लमा दिनमा कैयौ विरोध प्रदर्शनहरु भइरहेका छन् ।
केही मानिसहरुले अफÞगानिस्तानको झण्डा हटाउने तालिवानी कदमको विरोध गरेका छन् भने महिलाहरुले विभिन्न शहरहरुमा अफ्नो अधिकारका लागि प्रदर्शनमा उत्रिएका छन् ।
बल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सोमवार महिलाहरुको एक समूहले अपने अधिकारहरु र स्वतन्त्रताको माग गर्दै र्याली निकालेका थिए ।
प्रदर्शनकारीले बल्ख प्रान्तीय प्रशासन भवनअगाडि प्रदर्शन गरे । तालिबान सरकारमा अफगानी महिलाको सहभागिता र अधिकारहरुको रक्षा गर्न माग गरे ।
र्यालीमा सहभागीहरुका अनुसार शान्तिपूर्ण मार्चमा तालिवानका सदस्यले उनीहरु र पत्रकारहरुलाई मार्ने धम्की दिएका थिए ।
प्रदर्शनकारीहरुले काबुल भ्रमणमा रहेका पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका प्रमुखको भ्रमणमाथि पनि प्रश्न उठाएका छन् । आईएसआई प्रमुख लेफÞ्टिनेन्ट जनरल फैज हमीद अफगानिस्तानमा सरकार बनाउने प्रयासका बीच काबुल पुगेका छन् ।
हमीदको नेतृत्वमा पाकिस्तानका वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डल तालिबान सरकारसँग सम्वाद गर्नका लागि काबुल पुगेको हो । पाकिस्तानी मिडिया रिपोर्टअनुसार आईएसआई प्रमुखले तालिवानी कमाण्डर र नेताहरुसँग भेटवार्ता गरेका थिए ।
पाकिस्तानले विगतमा तालिबानलाई सैन्य सहयोग गरेर द्वन्द्वमा सघाएको थियो । अहिले सरकार निर्माणमा पनि अग्रसर भएको छ । यस्तो बेला अफगानिस्तामा पाकिस्तानी हस्तक्षेपलाई लिएर प्रदर्शन भइरहेको छ । एजेन्सिहरु बाट


